दफा १२
प्रमुख कार्यकारी अधिकृतको काम, कर्तब्य र अधिकार
प्रमुख कार्यकारी अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) प्राधिकरणको पुनर्निर्माण सम्बन्धी नीति र योजनाको खाका तयार गर्री िनर्देशकसमितिसमक्ष स्वीकृतिको लागि पेश गर्न लगाउने,
(ख) प्राधिकरणको काम, कारबाहीका सम्बन्धमा विभिन्न निकाय बीच समन्वय कायम गर्ने,
(ग) परिषद् र निर्देशक समितिको निर्देशन र निर्णयहरु कार्यान्वयन गर्ने गराउने,
(घ) पुनर्निर्माण वा बस्ती विकासको क्रममा कुनै ब्यक्तिको घर जग्गामा प्रवेश गर्ने,त्यस्तो ठाउँमा कसैको प्रवेशमा रोक लगाउने वा कुनै अवरोध भए त्यस्तो अवरोधहटाउने,
(ङ) प्राधिकरणमा नियुक्त कर्मचारीले जिम्मेवारी पूरा नगरेमा हटाउनेसम्मको कारबाही गर्ने,
(च) तोकिए बमोजिमका पुनर्निर्माण सम्बन्धी अन्य कार्यहरु गर्ने, गराउने ।